दफा ४२
उपभोक्ता समूहको दर्ता
(१) दफा ४१ बमोजिम गठन गरिएको उपभोक्ता समूहलाई दर्ता गराउन उपभोक्ता समूहको विधान सहित डिभिजनल वन अधिकृत समक्ष तोकिए बमोजिमको ढाचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको दरखास्त पर्न आएमा डिभिजनल वन अधिकृतले आवश्यक जाचबुझ गरी त्यस्तो उपभोक्ता समूहलाई तोकिए बमोजिम दर्ता गरी तोकिएको ढाचामा दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
(३) वन ऐन, २०१८ अन्तर्गत कार्य योजना बमोजिम सामुदायिक वनको व्यवस्थापन गरिरहेका उपभोक्ता समूहले पनि यो ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र दर्ताको लागि उपदफा (१) बमोजिम दर्खास्त दिनु पर्नेछ ।
(४) उपदफा (३) को प्रयोजनको लागि डिभिजनल वन अधिकृतले आवश्यक सहयोग उपलब्ध गराउन सक्नेछ ।